जलबायु गन्थन

क्यानकुनसम्मेलनकी प्रमुख — पेट्रीसिया स्पीनोसाको नेतृत्व

क्यानकुन सम्मेलनको कुरा गर्दा सम्मेलनकी प्रमुखको ब्यक्तित्वको चर्चा नगरी जो कोही पनि रहन सक्दैन ।

क्यानकुन सम्मेलनको कुरा गर्दा सम्मेलनकी प्रमुखको ब्यक्तित्वको चर्चा नगरी जो कोही पनि रहन सक्दैन । कोपनहेगन सम्मेलनमा अन्तिम समयमा आएर सम्मेलनको प्रमुख परिवर्तन गरिएर डेनमार्क विवादमा आए देखि नै, धेरैले मेक्सीकोले यो विषयलाई कसरी अघि बढाउला भनेर चासो लिएका थिए । सम्मेलनको पहिलो दिन डेनमार्कले अध्यक्षता हस्तान्तरण गरे पछि, यस वर्षका लागि मेक्सीकोको विदेश मामीलाकी सचिव पेट्रीसिया स्पीनोसाले जिम्मेवारी सम्हालिन । सुरुवातको दिन देखि नै स्पीनोसाको एउटै भनाई थियो, “सम्मेलन निश्पक्ष र पारदर्शी रुपमा अघि बढाईने छ” । पहिलेका सम्मेलनका अनुभवहरुका कारण उहाँको सो भनाईमा त्यती सजिलै धेरैले विश्वास गरेनन् । विदेश मामीला, अन्तर्राष्ट्रिय कानुन र धेरै बहुपक्षय सम्मेलनहरुको अनुभव हाँसिल गरिसकेकी स्पीनोसाका लागि क्यान्कुन सम्मेलनमा विकसित र विकासशील राष्ट्ररु बीचको खाडल पूरा गर्नु त्यति सजिलो भने थिएन । तर, सम्मेलनका सुरुवातमा भने झै, छलफलहरु परदर्शी तवरले अघि बढ्यो, केहि राष्ट्रहरुको मात्र विरोधको सामना गर्दे, क्यान्कुन सहमति, बहुपक्षिय छलफलहरुको विश्वासनीयतामा थप बल पु¥याउदै जलवायु परिवर्तनको क्षेत्रमा नयाँ आयाम दिन सम्भव भयो ।

Read next